आज :

ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या ११ सनाखत हुन बाकि

  रामप्रसाद ढकाल    २४ आश्विन २०७६, शुक्रबार १३:१७      2951 Views

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं आइरहेको बा २ ख २७१५ नम्बरको यात्रु वाहक बस तिर्खुमोडमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
बिहान ८:30 बजे सिपाटारबाट छुटेको बस करिब ९:३० बजे भोटसिपामा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको मृत्यु भइसकेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको छ केही शवलाई दुर्घटनाग्रस्त बसले नै किचेको छ।
घाइते करिब ४० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। प्रहरी र स्थानीयले अहिले उद्दार कार्य जारी राखेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। केहिको घटनास्थलमै र अन्यको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन त्यहा एम्बुलेन्सको कमि भएकोले स्थानिको सवारि, यात्रुबस, बोलेरो सवारीबाटै उपचारर्थ लगिँदैछ साथै हेलिकप्टर बाट पनि उद्दार भैरहेको छ ५ शव निकालिएको छ भने, एउटा भित्रै चेपिएको जनाइएको छ खबर पाएलगत्तै घटनास्थलमा प्रहरि पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको छ
गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’


प्रतिक्रिया दिनुहोस