आज :

ताजा समाचार

टर्कीको सेनाले सिरियाली कुर्दिसमाथि थाल्यो हवाइ र स्थल हमला

  पुरुषोत्तम ढकाल    २३ आश्विन २०७६, बिहीबार ०७:१५      709 Views

असोज २३, २०७६ टर्कीले सिरियामा रहेका कुर्दिस लगाकुविरुद्ध आक्रमण सुरु गरेको छ। बीबीसीका अनुसार टर्कीको सेनाले सिरियामा रहेका कुर्दिस लडाकुविरुद्ध बुधबार साँझ हवाइ र स्थल आक्रमण थालेको हो। उत्तरी-पूर्वी सिरियामा रहेका कुर्दिस लडाकुविरुद्ध टर्कीको सेनाले आक्रमण सुरु गरेको हो। अमेरिकी सेनाले कुर्दिस लडाकुको साथ छोडेको दुई दिनमै उनीहरूमाथि टर्कीको सेनाले ठूलो हमला सुरु गरेको हो। कुर्दिस लडाकुलाई साथमा लिएर अमेरिकाले स्लामिक स्टेट नामक अतिवादी आतंकवादी संगठनलाई सिरियामा पराजित गरेको थियो।

टर्कीका राष्ट्रपति रेसेप तैय्याप एड्रोगानले आफ्नो मुलुकमा रहेका सिरियाली शरणार्थीलाई स्वदेश फर्कन सुरक्षित भूमी तयार गर्नका लागि कुर्दिस लडाकुविरुद्ध आक्रमण थालेको प्रष्टिकरण दिएका छन्। कुर्दिस लडाकुले धपाएका भनिएका २० लाखभन्दा बढी सिरियाली टर्कीमा शरणार्थीका रूपमा बसिरहेका छन्। कुर्दिस नेतृत्त्वको सिरियन डेमोक्रेटिक फोर्सले टर्कीका लडाकु विमानले गैर सैनिक इलाकामा बम प्रहार गरेको प्रतिक्रिया दिएको छ। टर्कीको सेनाले ठूलो परिमाणमा हतियार र सैनिकलाई सिरियाको सीमानामा पठाइरहेको देखाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद रूपमा उत्तरी-पूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता लिएपछि युद्धको अवस्था आएको हो। ट्रम्पको उक्त कदमलाई कुर्दिस लडाकुले तिखो आलोचना गरेका छन्। उनीहरूले ट्रम्पले पिठ्यूमा छुरा घोपेको भनेर आलोचना गरेका छन्। ट्रम्पको कदमको अमेरिकामा पनि तिखो आलोचना भइरहेको छ। उनकै पार्टी रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटका नेताहरूले एक स्वरमा ट्रम्पले खतरानाक र उत्ताउलो निर्णय भनेर आलोचना गरेका छन्। टर्कीको यो हमलाले अर्को युद्ध निम्तिने हो कि भनेर संयुक्त राष्ट्रसंघ, युरोपेली युनियनलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस