आज :

ताजा समाचार

काभ्रेमा गोलि प्रहार

  रामप्रसाद ढकाल    २० आश्विन २०७६, सोमबार १२:४०      778 Views

रोशी गाउँपालिका वडा नं.११ का वडा अध्यक्ष मिलन लामा माथि गए राती गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय,मंगलटारका प्रमुख इन्स्पेक्टर धर्मजंग थिङले घट्नाको पुष्टि गरेका छन् ।
फूटवल प्रतियोगिताको बारेमा विवाद हुँदा वडा अध्यक्ष लामाकै आफन्त अनुपबुद्ध लामाले गोली प्रहार गरेका हुन । पेस्तोल निकालेर अनुपबुद्धले वडा अध्यक्ष लामालाई ताकेपछि लामाले छल्दा भित्तामा लागेको थियो । प्रतियोगिता र क्लबको विषयमा राती अबेरसम्म छलफल गर्दै गर्दा विवाद भएको रहेछ । त्यहीं निहुँमा पेस्तोल। निकालेर अनुपबुद्ध लामाले भित्ता तिर गोली हानेछ । इन्स्पेक्टर थिङले अनलाईनलाई भने,गोली लागेको स्थानमा खाल्डो पनि छ । गोलीको खोका पनि भेटिएको छ । अध्यक्षलाई नै ताकेर हानेको चाहिं देखिदैन तर पनि सोंच चाहिं त्यहीं देखिन्छ । गोली प्रहारपछि लामा फरार रहेको प्रहरिले जानकारि दिएको छ ।
अहिले नाकाहरु ब्लक गर्ने र उनको खोजी कार्य जारी रहेको प्रहरिले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस