आज :

ताजा समाचार

काभ्रेमा छोराले गरे बाबुको हत्या

  पुरुषोत्तम ढकाल    १८ आश्विन २०७६, शनिबार ०७:५८      992 Views

धुलिखेल – काभ्रेको नमोबुद्द नगरपालिका वडा नम्बर – २ सल्लेनीमा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । ४३ बर्षको बाबु टेक बहादुर तामाङ्लाई शुक्रबार राती अन्दाजी ११ बजेको समयमा उनकै छोरा १८ बर्षको बिजय तामाङ्ले पिक प्रहर गरी घाइते बनाएका बाबुलाई उपचारको क्रममा धुलिखेल हस्पिटल बिहान ५ बजे मृत्युु भएको प्रहरीले जनाएको छ । घरायसी झै-झगडा भएपछि तामाङ्ले पिक प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस