आज :

ताजा समाचार

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

  रामप्रसाद ढकाल    १७ आश्विन २०७६, शुक्रबार १०:१५      607 Views

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा.भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।
हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा.सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।
तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो । तर समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस