आज :

ताजा समाचार

मन छोयो साभार गरे

  राम प्रसाद ढकाल    १७ आश्विन २०७६, शुक्रबार ०८:४१      257 Views

एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– आन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी महिलाले भनिन्– अहँ पर्दैन, हामी आफैँ सफा गर्छौं । बालकले हात जोडेरै भन्यो– प्लिज आन्टी, म निकै राम्रोसँग सफा गर्छु, सफा गर्ने अनुमति दिनुहोस् न ! बालकको कुरा सुनेर मनमा दया पलाएपछि उनले सोधिन्– ठीक छ, तिमी सफा गर्न सक्छौ । तर, कति पैसा लिन्छौ नि ? बालकले भन्यो– मलाई पैसा चाहिँदैन, खाना दिनुभए हुन्छ । महिलालाई बालक निकै भोको रहेछ भन्ने लाग्यो । उनी किचनमा गइन् र उसका लागि खाना ल्याइदिइन् र भनिन्– ल बाबु, तिमी पहिला खाना खाऊ अनि काम गर । बालकले जवाफ दियो– पर्दैन आन्टी, पहिले म काम नै पूरा गर्छु ।
करिब एक घन्टामा बालकले काम सिध्याएर महिलालाई काम देखायो । काम देखेर उनी निकै खुसी भइन् । उनले बालकलाई खाना ल्याइदिइन् । तर, बालकले खाना खानुको साटो झोलामा खन्याएर पोको पा-यो । त्यो देखेपछि ती महिलाले उसलाई त्यसको कारण सोधिन् । बालकले जवाफ दियो– घरमा आमा निकै बिरामी हुनुहुन्छ ।
औषधि त सरकारी अस्पतालबाट निःशुल्क पाइयो । तर, औषधि खाली पेटमा खान मिल्दैन । बालकको कुरा सुनेपछि महिलाका आँखा रसाए । उनले आफ्नै हातले बालकलाई खाना खुवाइन् । उसकी आमाका लागि तात्तातो खाना तयार गरेर बालकसँगै उसको घर गइन् । बालककी आमासित भेटेर भनिन्– बहिनी ! तपाईंले आफ्नो सन्तानलाई जुन अमूल्य संस्कार दिनुभएको छ, त्यो हामीले आफ्ना सन्तानलाई कहिल्यै दिन सकेनौँ । तपाईं धन्य हुनुहुन्छ । (साभार : मुकुन्द कार्की)CP

प्रतिक्रिया दिनुहोस

  • 1

    विश्वभर ७३ लाख ३२ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

  • 2

    सरकारले सार्वजनिक सवारी चलाउन दिने निर्णय गरे पनि किन चलेनन् सार्वजनिक सवारी साधन ?

  • 3

    आज पनि मौसम सफा नरहने, यी क्षेत्रमा छ बाढी र पहिरोको जोखिम

  • 4

    पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

  • 5

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित

  • 6

    नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

  • 7

    विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड २२ लाख नाघ्यो , साढे ५ लाख भन्दा धेरैको मृत्यु

  • 8

    आज देखि जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात खुला, मास्क अनिवार्य