कृषि विकास बैंकले लहान शाखाका कार्यालयका तीनजना कर्मचारीलाई जागिरबाट हटाएको छ। बैंकबाट ठूलो रकम चोरिएको अवस्थामा आइडी र पासवर्ड दुरुपयोग भएका कर्मचारीलाई कामबाट हटाइएको बैंकले जनाएको छ। बैंक सुरक्षित रहेको अवस्थामा कर्मचारीका कारण पैसा चोरिएको बैंकका अधिकारीले जनाएका छन्।’हाम्रो कुनै पनि सिष्टममा समस्या भएको छैन
‘जसको पासवर्ड दुरुपयोग भयो, उनीहरुलाई कामबाट हटाइएको छ, बैंकका प्रवक्ता हिमाल पौडेलले भने,’उनीहरू अनुसन्धानमा छन्। त्यस ठाउँमा अन्य कर्मचारी खटाइएको छ।’ उनले बैंकको काम यथास्थितीमा सुचारु भइसकेको बताए।