आज :

ताजा समाचार

बैक डुबाउने नियत, यस्तो रैछ कर्मचारिको खेल

  रामप्रसाद ढकाल    ६ आश्विन २०७६, सोमबार ०७:२६      665 Views

अजय गतराज 
बैक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ ।
पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारीसमेत रहेका छन् । उनीहरु उपर बैंकिङ्ग कसुरको आरोप लागेको छ ।
उनीहरुले मिलेमतो गरि खोलाको जग्गा धितो राखी ऋण दिएको हुदा सो विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीको भनाइ छ ।सुरेन्द्र श्रेष्ठलाई नक्कली कागजात मिलाएर खोलाको जग्गामा ऋण दिएको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
केहि वर्षअघि खोलाको जग्गा धितो राखेर बैक अफ काठमाडौंले ४ करोड ५० लाख ऋण दिएको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस