आज :

ताजा समाचार

एएफसी यु-१६ च्याम्पियनसिप छनोट : नेपालको सान्तवना जित

  पुरुषोत्तम ढकाल    ६ आश्विन २०७६, सोमबार ०६:५२      519 Views

असोज ६, २०७६ जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाली टिमले श्रीलंकालाई पराजित गर्दै सान्तवना जित निकालेको छ। छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंंलाई ३–० ले पराजित गरेको हो। ३६ औं मिनेटमा मोहित गुरुङको गोलबाट अग्रता लिएको नेपालले ६४ औं मिनेटमा अनिल चौलागाईको गोलमार्फत नेपालले अग्रता दोब्बर बनाएको थियो। खेल सकिन एक मिनेट बाँकी रहँदा जान ताम्लीले गोल गर्दै नेपाली टिमले ३–० को अग्रता बनाउन सफल भयो। नेपालले प्रतियोगिताका चार खेलमा दुई खेलमा हार र एकमा जित निकाल्यो। जहाँ १५ गोल खाँदा चार गोल गर्‍यो। नेपालले दुई खेलमा फराकिलो हार भोगेको थियो। आयोजक जोर्डनसँगको पहिलो र ताजकिस्तानसँगको तेस्रो खेल समान ७–० ले पराजित भयो। कुवेतसँगको दोस्रो खेलमा नेपालको तुलनात्मक रुपमा राम्रो प्रदर्शनका रुपमा समना १–१ को बराबरी खेलेको थियो।


प्रतिक्रिया दिनुहोस