असोज ५, २०७६,
दुवै मृगौला फेल भएका काभ्रेका सुरज मगरको उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । तेमाल गाउँपालिका वडा नम्वर ९ ढुंगेटार निवासी मान बहादुर मगरका कान्छो छोरा सुरजको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि परिवारले आग्रह गरेको हो । १५ वर्षिय सुरजको २०७५ मंसिरदेखी दुवै मृगौला फेल भएको थियो ।
छोराको उपचारका लागि सुनगाभा बालुवा वास तथा सप्लायर्सले २० हजार सहयोग गरेको छ भने त्यो बाहेक अन्य सहयोग कतैबाट नपाएको परिवारले जनाएको छ । उपचारको क्रममा आफुसँग भएको जायजेथा सबै बिक्रि गरिसकिएको र उपचारमा सहयोगको मात्र भर रहेकाल सहयोग गरिदिन सबैमा परिवारको आग्रह छ ।