आज :

ताजा समाचार

आज संविधान दिवस राष्ट्रिय झण्डाका साथ घर घरमा दिपावली गरेर मनाइदै

  पुरुषोत्तम ढकाल    ३ आश्विन २०७६, शुक्रबार ०७:२६      754 Views
भद्र ३, २०७६ काठमाडौं । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने नाराका साथ आज संविधान दिवस मनाइदैछ । बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको हो । नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको छ । यसैवीच , आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिदैछ । यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने जनाइएको छ ।
रोडियो नेपालबाट

Comments


प्रतिक्रिया दिनुहोस