आज :

ताजा समाचार

मिस गुरुङ इन्टरनेशनल भइन् बिनु गुरुङ

  पुरुषोत्तम ढकाल    ३० भाद्र २०७६, सोमबार ०८:५२      503 Views

काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करण को उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि उचालेकी हुन् । त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन् । मल्टिमिडीयाको उपाधि मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस उपाधि गीता गुरुङले हात पारिन । विजेता बिनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् । मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन एण्ड प्रोडक्सन हो भने व्यवस्थापन बि एण्ड बी इभेन्ट मेनियाले गरेको हो ।


प्रतिक्रिया दिनुहोस