आज :

ताजा समाचार

साप्ताहिक राशिफल (भाद्र २२ देखि २८ सम्म)

  पुरुषोत्तम ढकाल    २३ भाद्र २०७६, सोमबार ०६:३१      535 Views

प.ज्यो. राधेश्याम घिमिरे

१. मेषः

तपाईँका सहयोगीहरुले नै खुट्टा तान्न सक्छन् । कामले अरूको मन जित्न सकिनेछ । धनलाभको योग छ । पारिवारिक कलहको सामना गर्नुपर्ला । प्रेमी प्रेमिका बीचको सम्बन्ध प्रगाढ बन्नेछ ।

२. वृषः

शत्रु परास्त हुनेछन् । पारिवारिक सुख प्राप्तिको योग छ । आयमा मन्दी छाउँन सक्छ । स्वास्थ्यमा केही समस्या देखापर्ला । साहित्यिक सभा–समारोहमा सहभागी भइएला । अध्ययन फलदायी रहनेछ ।

३. मिथुनः

राजनीतिको क्षेत्रमा सफलता मिल्ला । लामो दूरीको यात्राको योग छ । अनावश्यक खर्चमा वृद्धि हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । अध्ययनमा मन लाग्ने छैन । जागिरमा पदोन्नतिको योग छ ।

४. कर्कटः

तपाईँको दृढता नै तपाईँको सफलता बन्नेछ । दैनिक कार्यमा सोचेअनुरूप सफलता नआउला । विलासिताका सामानमा खर्च हुनेछ । कामअनुरूपको आय प्राप्त नहोला । प्रेममा सफलता मिल्नेछ ।

५. सिंहः

संचित धन रहाउन वा चोरी हुन सक्छ । चिसोका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । पारिवारमा कलह बढ्नेछ । शिक्षा क्षेत्रमा लगानीको योग छ । नयाँ कार्यमा हात नहाल्नु नै उपयुक्त देखिन्छ ।

६. कन्याः

व्यावसायिक सफलता हात लाग्ला । कुनै पनि निर्णय लिँदा ढिलाई नगर्नुहोला । नचिताएको व्यक्तिबाट प्रेम प्रस्ताव आउन सक्छ । यात्रामा सावधानी अपनाउनुहोला । पारिवारिक सुखको योग रहेको छ ।

7. तुलाः

आफन्तको सहयोगले पुराना कामहरू पूरा हुनेछन् । वैवाहिक जीवन सुखद छ । आयको क्षेत्र मजबूत बन्नेछ । सामाजिक कार्यमा दोष लाग्नसक्छ । अधूरा कार्य सम्पन्न गर्नका लागि परिवारका जेष्ठ सदस्यको सुझाव लिनु उत्तम देखिन्छ ।

८. वृश्चिकः

मनोरञ्जनात्मक यात्राको योग छ । निणर्य लिँदा विचार पुर्याउनु पर्ने देखिन्छ । साहित्यमा मन जानेछ । नयाँ मित्रहरू बन्नेछन् । नयाँ प्रेम प्रस्तावले मनमा उमंग छाउनेछ । पश्चिमको यात्राको योग रहेको छ ।

९. धनुः

स्वास्थ्यको क्षेत्रमा लाभ मिल्नेछ । यात्राको योग छ । सवारीसाधनबाट जोगिनुहोला । प्रेममा तनावको सामना गर्नुपर्ला । महत्वपूर्ण कार्यको लागि धनको खर्च हुनेछ । कम बोल्नु नै उपयुक्त होला ।

१०. मकरः

रोजगारीको अवसर जुट्नेछ । वैदेशिक यात्राको सम्भावना रहेको छ । विलासी सामानमा परिवारको मन लाग्नेछ । व्यापारमा आर्थिक मन्दी आउन सक्छ  ।यात्रामा होसियारी अपनाउनु नै उचित देखिन्छ ।

११. कुम्भः

अभिभावकको सल्लाह पथप्रदर्शक बन्नेछ । अरूलाई छिटो विश्वास गर्नाले मन खिन्न हुन सक्छ । प्रतिभाको कदर हुनेछ । पुरानो मित्रको आगमनले खुसी मिल्नेछ । आयको नयाँ स्रोत फेला पर्न सक्छ ।

१२. मीनः

सवारीसाधनको योग परेको छ । शैक्षिक क्षेत्रमा लाभ हुने देखिन्छ । दाम्पत्य सम्बन्ध सुमधूर रहनेछ । बन्धु–कुटुम्बको सहयोगबाट रोकिएका काम बन्नेछन् । यात्रामा पूर्व शुभ देखिन्छ ।


प्रतिक्रिया दिनुहोस