आज :

ताजा समाचार

देशभर डेंगुको महामारीका कारण ७० हजार संक्रमित

  पुरुषोत्तम ढकाल    २२ भाद्र २०७६, आईतवार ०६:५६      631 Views

भदौ २२, २०७६ काठमाडौं : पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकहरुले बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक अनुसार सकरारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब सात हजार छन्। निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा ७० हजार पुग्ने चिकित्सकको आँकलन रहेको  छ। इडिसिडीको तथ्यांकअनुसार बैशाखेदि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगेका छन्।

यो समाचार आजको कान्तिपुर  दैनिकमा प्रकशित छ।


प्रतिक्रिया दिनुहोस