भदौ २०, २०७६ काठमाडौं : देशका अधिकांश स्थानमा शुक्रबार बिहान हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो स्थानको मौसम बदली भई मध्य र पश्चिमी भूभागका अधिकांश ठाउँमा दिनभर पानी पर्ने जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ। बिहीबार रातिदेखि नै पानी परिरहेकाले काठमाडौं उपत्यकाका खोलानालामा पानीको बहाब बढेको महाशाखाले जनाएको छ। दिउँसोपख पूर्व, मध्य र पश्चिमका केही स्थानहरुमा मेघ गर्जनसाथ चट्याङ हित भारी वर्षा हुने महाशाखाले अनुमान छ। मौसम न्युन चापीय रेखा (पानी पार्ने बादल) नेपाल नजिक सर्नुका साथै बंगालको जलवाष्पयुक्त वायुका कारण मौसमी गतिविधि सकृय भएकाले पानी परेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।