आज :

ताजा समाचार

धुलिखेलमा युवा माथि खुकुरी प्रहार

  पुरुषोत्तम ढकाल    ३१ श्रावण २०७६, शुक्रबार ०९:०२      2145 Views

धुलिखेल २०७६, ३१  साउन,  धुलिखेल स्थित सन्जीवनी चोकमा एक युवा माथि खुकुरी प्रहार भएको छ । विहिबार धुलिखेल नगरपालका वडा नं. ८ निवासी २८ वर्षिय सिताराम तामाङ माथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने सोही वडा बस्ने बर्ष १८ को सत्यमान तामाङ र पाँचखाल नगरपालिका वडा नं. ५ बस्ने बर्ष २२ का गणेश ब. तामाङले खुकुरी प्रहार गरेको जिल्ला प्रहारी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताउनुभयो ।घाइते सिताराम काठमाण्डौ जाने क्रममा धुलिखेल न.पा ७ सन्जीवनी चोकमा हिडीरहेको अबस्थामा बा.३८ प. ६७०३ नम्बर को स्कुटीमा आई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।घाइते तामाङको  टाउको र बाँया कोखामा चोट पुगेको छ । घाइतेलाई धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको छ।  खुकुरी प्रहार गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस