आज :

ताजा समाचार

निर्देशक ईश्वर तिमल्सिनाको हाँस्य टेलिचलचित्र झ्याउँकिरी आउँदै

  पुरुषोत्तम ढकाल    २१ श्रावण २०७६, मंगलवार ०७:३३      1888 Views
२०७६ साउन २१ गते , बुधबार,
बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा जनागाल लगायतका आसपासका क्षेत्रमा छायाङ्कन भएको हाँस्य टेलिश्रृङ्खला झ्याउँकिरी यस अगाडि पहिले नै रिलिज हुने भनिएकाेमा चैँ यस टेलि सिरियलमा अधिकाङ्स नव कलाकार रहेकोे हुँदा निर्देशक,निर्माता ले ताेकेकाे अथवा चाहेको जस्तो भिडियो बन्न नसकेको हुँदा हामीले राेक लगाएका थियौं यथपी अहिले अधिकाङ्ग नव कलाकार भएतापनि कथाले जस्तो प्रस्तुतिकरण दिएकाे हुनाले गर्दा आगामी हप्ता साउन २५ गते शनिबार बेलुकी ६:३०बजे देखि ७:00 बजे सम्म प्राइम टाइम्स टेलिभिजनबाट दर्शक श्रेाता माझ प्रसारण गर्न लागेका छाैँ निर्देशक ईश्वर तिमल्सिना र निर्माता राज त्रिपाठी जानकारी दिए । उनका अनुसार प्राइम टाइम्स टेलिभिजनमा भएलगतै युटुब च्यानल मार्फत इन्टरनेटमा समेत प्रसारण हुने उनले बताए अर्का कलाकार एवम् सल्लाकार(निर्माता) राजेन्द्र गिरि(गुन्द्रुके ) का अनुसार यो टेलिसिरियल सामाजिक विकृति विसंगति, छुवाछुत, विरुद्ध र आपसी जातिय सद्भाव बढाउने किसिमको रहेको हुनाले दर्शकहरुले मन पराउने विश्वास रहेको उनले बताए । उक्त टेलिसिरियल निर्देशक ईश्वर तिमल्सिनाको पहिलो टेलिश्रृङ्खला हो भने यसमा अधिकांस नयाँ पुरानाे कलाकारहरुले अभिनय गरेका छन । झ्याउँकिरी कराएकै चर्चा परिचर्चा हुने गरी बनाएको यस टेलिश्रृङ्खलामा निर्देशक ईश्वर तिमल्सिना, निर्माता राज त्रिपाठी ,रामचन्द्र अधिकारी(काजी बा ),राजेन्द्र गिरि(गुन्द्रुके ), अरुण दाहाल, निरोज पाण्डे लगायतको मुख्य भुमिका रहेको छ । भने अन्य कलाकारहरु , राज घिमिरे, दिपक राउत ,प्रदिप तिमल्सिना ,निराजन तिमल्सिना , बालकृष्ण बजगाई, रुपा मैनाली ,श्रद्धा अधिकारी, ललिता घिमिरे, पार्वती रिजाल, सुशीला तिमल्सिना, राजेश्वरी रञ्जित लगायतले अभिनय गरेका छन भने यस टेलिश्रृङ्खलाको छायाङ्कन निराेज पाण्डे ले गरेका छन् ।

Chat Conversation End


प्रतिक्रिया दिनुहोस