आज :

ताजा समाचार

सप्तकोशीका ५६ वटै ढाेका खाेलिए

  पुरुषोत्तम ढकाल    २९ असार २०७६, आईतवार ०७:०२      821 Views

काठमाडौं : तीन दिनदेखि लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको सतह बढेपछि ५६ वटै ढोका खोलिएको छ। वर्षाको कारण शनिबार राति सप्तकोशी नदीमा पानीको बहाव तीन लाख ७१ हजार एक सय १० क्युसेक पुगेको छ। पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको हो। पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खोलेको सुनसरी प्रहरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ।  पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको प्रहरीको भनाइ छ।  शनिबार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।


प्रतिक्रिया दिनुहोस