आज :

ताजा समाचार

बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

  पुरुषोत्तम ढकाल    २९ असार २०७६, आईतवार ०६:४४      296 Views

काठमाडौं : अविरल वर्षापछि शुक्रबारदेखि देशका पूर्वी तथा मध्यभागमा आएको बाढी, पहिरो र डुवानबाट अहिलेसम्म ४३ जनाको मृत्यु भइसकेको छ । नेपाल प्रहरीक केन्द्रीय समाचार कक्षका अनुसार शनिबार राति ९ बजेसम्म मृतकको संख्या ४३ पुगेको हो ।  मृतक : कहाँ कति? नेपाल प्रहरीका अनुसार बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना र मकवानपुरमा ४ जनाले ज्यान गुमाएका छन्।  त्यस्तै काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जनाको मृत्यु भएको छ। धादिङ, झापा र सिन्धुलीमा २/२ जनाले ज्यान गुमाएका छन्। पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा १/१ जनासहित ४३ जनाको मृत्यु भएको हो। मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष छन्।  घाइते २० जना बाढी पहिरो र डुबानमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जनासहित २० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बेपत्ता ३४ जना बाढी पहिरोका कारण डोल्पमा १० जना बेपत्ता छन्। डोल्पामा एकै ठाउँ बाढीले बगाएर १० जना बेपत्ता भएका हुँदा १ जनाको मृत्यु भएको छ। सिन्धुलीमा ६ जना बेपत्ता छन्। इलाम र मोरङगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि ३४ जना बेपत्ता भएका छन् । ११०४ जनाको उद्धार डुबान परेका महोत्तरीमा ५ सय जनाको उद्धार भएको छ। रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरिएको छ ।  सडक खुलाइँदै पहिरो र बाढीका कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पुर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो खुलाइएको छ ।  बाराको जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड खुलाइएको छ। धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर, सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध हटाई बाटो खुलाइएको प्रहरीले जनाएको छ। एकतर्फी सडक कयसैगरी रौतहट चन्द्रनिगाहापुर-२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु भएको छ। पाँचथरस्थित मेची राजमार्ग, इलामको रोङ गाउँपालिका-४ स्थित मेची राजमार्ग, तेह्रथुमको लालीगुँरास नगरपालिका-९ काँडेस्थित म्याङलुङ-वसन्तपुर सडकखण्ड  एकतर्फी खुलाइएको छ । सडक खुलाउने प्रयास कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, इलाम, कपिलबस्तु, सल्यान र धनकुटामा सडक अवरोध खुलाउने कार्य जारी छ ।


प्रतिक्रिया दिनुहोस