असार २३, २०७६ काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल अहिले आयोजक मलेसियासँग प्रतिष्पर्धा गरिरहेको छ। मलेसियाको किन्ररा मैदनमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङ गरिरहेको छ। समूह चरणमा अपराजित रहँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको नेपाल आयोजकलाई स्तब्ध पार्दै उपाधि जित्न चाहन्छ। समूह चरणमा नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको थियो। आजको खेल जित्ने टिमले उपाधिका लागि हङकङ र सिंगापुरबीचको बिजेतासँग प्रतिष्पर्धा गर्नेछ। सिंगापुर र हङकङबीचको सेमिफाइनल खेल पनि अहिले भइरहेको छ।