२३ असार, काठमाडौं । नेपालको ताजमहलका रुपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको राजधानी दैनिकले लेखेको छ ।
राजधानीका अनुसार माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन् । रानीमहलको जग्गा दुरुपयोग भएको गुनासोपछि राष्ट्रिय सतर्कता केन्द्रले थालेको छानबिनका क्रममा यस्तो तथ्य खुलेको हो ।
सतर्कतालाई उद्धृत गर्दै राजधानीले लेखेको छ– १८ माघ ०६२ मा पाल्पा दरबारमा आगलागी भएर काजगात जलेको र तत्पश्चात १२ असार ०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ । सोही निवेदनका आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो ।
समाचार अनुसार यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ ।