आज :

ताजा समाचार

लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा ‘हाँस्ने खेल्ने’ बोलको गीत बजारमा (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    २४ जेष्ठ २०७६, शुक्रबार ०८:१८      1378 Views

लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गित बजारमा आएकोे छ । डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् । हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ । केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत लेराएको डि.ए.आर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको र सो अघि केही अरु गीत लेराउने जानकारी डि.ए.आर मुभिजले गराएको थियो । ‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट श्रोता तथा दर्शकमाझ लेराईएको छ ।

गीतको भिडियो तलको लिंकमा रहेको छ ।

https://www.youtube.com/watch?v=1py16-gNfgE&feature=youtu.be&fbclid=IwAR3AXvgk9ShFwaBIB_Iic501R0bIsr9qnJVYsvp9SbVwgYybjLvrnVrhWtE


प्रतिक्रिया दिनुहोस