आज :

ताजा समाचार

हस्तमैथुन गर्दा स्वास्थ्यलाई कसरी हानी गर्छ ? यस्तो भन्छन् डाक्टरहरु !

  पुरुषोत्तम ढकाल    १६ जेष्ठ २०७६, बिहीबार ०८:०६      2004 Views

सबैभन्दा पहिले हस्तमैथुनबारे जानौँ । हातले अथवा केही साधन प्रयोग गरेर, यौनाङ्ग चलाएर, हल्लाएर वा खेलाएर यौन सन्तुष्टि प्राप्त गर्ने विधि हो हस्तमैथुन । यसलाई यौन आनन्द प्राप्त गर्ने एउटा अति नै सुरक्षित यौनक्रियाकलाप पनि भन्न सकिन्छ ।

पुरुषले आफ्नो लिङ्गलाई हातले बिस्तारै घर्षण गरेर र वीर्य स्खलन गर्छन् भने महिलाले पनि योनीको भगाङ्कुर खेलाएर आनन्द लिन्छन् । कसै कसैले विभिन्न किसिमका साधन वा कृतिम यौनाङ्गहरू प्रयोग गरेर पनि हस्तमैथुन गर्ने गर्दछन् । त्यसैले यसलाई एक सुरक्षित यौन व्यवहार हो भन्न सकिन्छ ।

त्यसैगरी हस्तमैथुनले अनावश्यक गर्भधारण, यौन–व्यवसायीसँगको यौन सम्बन्ध र यिनमा हुने खर्च तथा एचआइभी तथा अन्य यौन रोगहरू लाग्नबाट बच्न पनि मद्दत पुरयाउँदछ ।

पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थिको क्यान्सर हुने सम्भावना पनि हस्तमैथुन गर्ने मानिसमा कम हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
हस्तमैथुन गरेर बीर्य सकिंदैन र नगर्दा भण्डारण भएर बस्दैन । यो प्राकृतिक रुपमा शरीरमा बनिरहन्छ र स्खलन पनि भैरहन्छ ।

डा. खेम कार्की


प्रतिक्रिया दिनुहोस