काठमाडौं । सरकारले १५ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गर्नुभएको छ । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ ।
१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने छ।