आज :

ताजा समाचार

आज गणतन्त्र दिवसमा ४३४ कैदीको सजाय माफ

  पुरुषोत्तम ढकाल    १५ जेष्ठ २०७६, बुधबार ०६:४०      371 Views

जेठ १५, २०७६ काठमाडौं : आज राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिने भएकी छन्। राष्ट्रपतिले बुधबार माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिसमा माफी दिन लागिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ। असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस