आज :

ताजा समाचार

लमजुङ केन्द्र भएर दुईवटा भूकम्पको धक्का

  पुरुषोत्तम ढकाल    ८ जेष्ठ २०७६, बुधबार ०८:१०      456 Views

जेठ ८, २०७६ काठमाडौं : लमजुङमा लगातार दुइवटा भुकम्पको धक्का महसुश गरिएको छ। बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर मंगलबार राति र बुधबार विहान लगातार दुइवटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ। मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केल भूकम्प र  बुधबार बिहान ३ बजेर २८ मिनेटमा ३ दशमलव ९ रेक्टर स्कलका पराकम्प गएको हो।  दुवै भुकम्प २०७२ बैशाखको भुकम्पको पराकम्प भएको केन्द्रले जनाएको  छ।


प्रतिक्रिया दिनुहोस