आज :

ताजा समाचार

आइपीएल पुरस्कार : मुम्बईले पायो ३२ कराेड, कस्ले के पाए?

  पुरुषोत्तम ढकाल    ३० बैशाख २०७६, सोमबार ०८:०५      518 Views

बैशाख ३०, २०७६ इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले फाइनलमा चेन्नईलाई तेस्रो पटक पराजित गर्‍यो। अन्तिम बलमा १ रनको रोमान्चक जित निकालेको मुम्बईले २० करोड भारतीय रुपैयाँ अर्थात ३२ करोड नेपाली रुपैयाँ  प्राप्त गर्‍याे। उपविजेता बनेको चेन्नई भने १२ करोड ५०  लाख भारु प्राप्त गर्‍यो।  त्यस्तै प्रतियोगितामा सर्वाधिक रन बनाएका डेविड वार्नरले अरेन्ज क्याप जिते। उनले १२ खेलमा ६९२ रन रन जोड्न सफल भएका थिए। वार्नरले अरेन्ज क्याप जितेसँगै लगातार तेस्रो सिजन यो उपाधि विदेशी खेलाडीको नाममा रह्यो।  आईपीएलमा दोस्रो पटक स्पिनरले पर्पल क्याप जिते। चेन्नईका इमरान ताहिरले पर्पल क्वाप जिते। उनले २६ विकेट हात पार्न सफल भए। वार्नर र ताहिरले १०–१ं० लाख प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस