आज :

ताजा समाचार

छवी र शिल्पाले ५ वर्ष अघि नै विवाह गरेकाे स्विकारे

  पुरुषोत्तम ढकाल    ३० बैशाख २०७६, सोमबार ०७:३९      787 Views
काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीच लामो समयदेखि प्रेम रहेको र विवाह समेत भएका समाचारहरु बारम्बार आइरहन्छन् । तर यि जोडीबीच प्रेमसम्बन्ध भएको चर्चा चलिरहे पनि विवाह भएको पुष्टी भने गरेका थिएनन् ।

नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका निर्माता ओझाले हालै दिएको अन्तर्वार्तामा नायिका शिल्पा पोखरेलसँग पाँच वर्षअघि विवाह गरेको खुलासा गरेका छन् ।बैवाहिक सम्बन्धमा नभएको भनिएका छविको नाम भने अभिनेत्री शिल्पा पोख्रेलसँग जोडिएर आएको धेरै समय भैसकेको थियो । तर उनिहरु दुबैले यसबारे केहि बोलेका थिएनन् । अहिले भने उनिहरुले बिवाह गरिसकेको खुलेको छ ।

५ वर्षअघि छबिले निर्माण गरेको चलचित्र लज्जाबाट डेब्यू गरेकी अभिनेत्री पोखरेल र छवि केहिबर्षदेखि गहिरो प्रेमसम्बन्धमा थिए । केहि हप्ताअघिदेखि निरन्तर मिडियामा उनिहरुले सुटुक्क बिहे भएको खबर आएपछि छविले यो कुरा स्विकार गरेको बताइन्छ ।५ बर्षदेखि लिभ इन टुगेदरमा रहे पनि अहिलेसम्म बिहे भएको बताएका थिएनन् । तर हालै उनिहरुले दिएको एउटा अन्तर्वार्तामा आफुहरुले ५ वर्ष अघिनै विवाह गरेको स्विकार गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस