आज :

ताजा समाचार

मंगलबारसम्म मौसममा सुधार नआउने भएकाले सचेत रहन आग्रह

  पुरुषोत्तम ढकाल    ३० बैशाख २०७६, सोमबार ०७:३३      405 Views

काठमाडौं, ३० बैशाख २०७६ ,  शनिबारदेखि बिग्रिएको मौसम सोमबार पनि कायम रहेको छ । सोमबार बिहानदेखि नै मौसम बिग्रिएको छ ।

सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बिग्रिएको छ । यो क्रम मुलुकका अधिकांश स्थानमा देखिएको छ । उपत्यकामा एकाएक चिसोसमेत महसुस गरिएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

मंगलबारसम्मै मौसममा सुधार नआउने भएकाले सचेत रहन आग्रह गरिएको छ । चट्याङसमेत पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो ।


प्रतिक्रिया दिनुहोस