बैशाख २९, २०७६ काठमाडौं : मे १२ अर्थात् विश्व नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल नर्सिङ संघले आइतबार काठमाडौंमा कार्यक्रम गर्दैछ। बिहान १० बजे राष्ट्रिय सभागृह प्रदर्शनीमागमा श्रममन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु हुने संघकी वरिष्ठ उपाध्यक्ष गंगा थापाले जानकारी दिइन्। फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसरमा यो दिवस मनाउने गरिएको हो। नेपालमा विसं. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ। विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ।