आज :

ताजा समाचार

यो कुरा ख्याल नगरे अकालमा जानेछ ज्यान : जनचेतनाका लागि सक्दो सेयर गरौ

  पुरुषोत्तम ढकाल    २९ बैशाख २०७६, आईतवार ०७:५०      2132 Views

काठमाडौ । आँपलाई फलको राजा मानिन्छ । यो भिटामिन ए को प्रमुख स्रोत हो । यस बाहेक यसमा प्रचुरमात्रामा अन्य तत्त्वहरु पाइन्छ । नेपाल र भारतमा यसका लगभग १०० भन्दा बढी जातहरु पाइन्छ ।

यी प्रत्येक जातिमा सुखतारा भन्ने जात सबैभन्दा छिटो अर्थात जेष्ठ १५ पछि मात्रै पाक्छ । त्यसपछि बम्बइ, गुलाबखास, जरदा पाक्छ, सुखतारा जेष्ठको १५ गते पाक्ने जात हो र बाँकी असारपछि मात्र पाक्ने जात हो ।

अहिले कुनै पनि जात काहीं पनि पाक्ने बेला भएको छैन । भारतको कन्या कुमारी ठाँउमा सुधारिएको प्रबिधिबाट निलम जातलाई बर्षको २ पटक फलाइ पकाउदछ । निलम हामीकहाँ भदौमा मात्र पाक्दछ । अहिले बजारमा आँप आइसकेको छ र उपभोक्ता किनि उपभोग पनि गरिरहेको छ ।

सबैलाई जानकारी हुन जरुरी छ जेष्ठ १५ अगाडि कुनै आँप पाक्नै सक्दैन । यी आँपहरुलाई बजारका अनेकौँ केमिकल राखी जबर्जस्ति पकाईएको हो र कथित नाम बम्बइ दिएको हो । त्यस्ता केमिकलले धेरै मानिसको अकालमा ज्यान जान्छ । किनकी त्यो मन्द बिष हो ।

कार्बाइड प्रयोग गरी पकाइएका आँप, लिचीलगायतका फलफूल नखान डाक्टरहरुले सुझाव दिएका छन् । आँप तथा लिची प्राकृतिक तरिकाले पाक्ने समय नभए पनि बजारमा छ्याप्छ्याप्ती आउन थालेको भन्दै डाक्टरहरले औषधि प्रयोग गरेर पकाइएका त्यस्ता फलफूल खाँदा होसियारी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

वरिष्ठ फिजिसियन डाक्टर वासुदेव पाण्डेले कार्बाइड प्रयोग गरी पकाइएका फलफूल पहेँलो पाकेको जस्तो देखिए पनि यस्ता फलफूलले तत्कालीन र दीर्घकालीन रुपमा असर गर्ने बताउनुभयो ।

तत्कालीन रुपमा झाडापखाला लाग्ने, मुखमा घाउ हुने, ग्यास्ट्रिक हुने, एलर्जी हुने, घाउ हुने लगायतका समस्या देखा पर्छ । दीर्घकालीन रुपमा भने कलेजो, छालाको समस्या हुने र धेरै मात्रामा खाँदा क्यान्सरको समेत खतरा हुने डाक्टर पाण्डले बताउनुभयो । औषधि प्रयोग गरी पकाइएका फलफूल खानै पर्ने भएमा कम्तीमा पनि १० देखि १२ घण्टा पानीमा डुबाएर र बोक्रा ताछेर खानुपर्ने डाक्टर पाण्डेको सुझाव छ ।

अहिले खाँदै अहिले नै मर्ने हैन ।  अहिले खाएको आँपले विस्तारै शरिरका अंगहरु बिगार्दै लैजाने । ठूलो रोगले सताउने र अन्तिममा मृत्यु सम्म हुने चिकित्सकहरुको दावी छ । एक बाग्बानी बिज्ञ जेठ १५ भन्दा अघि बजारमा आएको आँप अत्यन्तै अखाद्य वस्तु भएको र कसैलेपनि नखान नख्वाउन अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ यो उपभोग नगरौं ।

सचेत रहौ । हरेकले एक अर्कामा यो सन्देश सेयर गरौँ । सामाजिक सञ्जालमा जहितही पोष्ट । सेयर गरौँ । यो समय नेपालमा यो आँप उपभोग गर्ने मानिस नै नभएपछि त्यसरी अखाद्य बनाएर भारतले पठाउँदैन । हामी नेपाली सुरक्षित बनौँ । यसलाई सक्दो सेयर गरौँ ।


प्रतिक्रिया दिनुहोस