आज :

ताजा समाचार

भारतबाट उद्दार गरेर ल्याइएकामध्ये १५ जनालाई परिवारकाे जिम्मा लगाइयाे

  खुल्ला पोस्ट    २८ बैशाख २०७६, शनिबार ११:३९      612 Views

काठमाण्डाै – भारतको उत्तरपूर्वी राज्य मिजरोमबाट उद्दार गरिएका २३ जना महिलामध्ये १५ जनालाई परिवारको जिम्मा लगाइएको छ ।

उनीहरुलाई काँकडभित्ता हुँदै नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जनाकारी दिनुभयो ।

झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार विहान मात्र काठमाडौं ल्याइएको छ ।

सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका उनीहरुलाई आवश्यक प्रकृया पूरा गरी आइतबार मात्रै परिवारको जिम्मा लगाइने उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलालाई मिजरोमबाट उद्दार गरिएको हो । (ujjyalo)


प्रतिक्रिया दिनुहोस