आज :

ताजा समाचार

अबकाे तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

  पुरुषोत्तम ढकाल    २८ बैशाख २०७६, शनिबार ११:३६      1102 Views

काठमाडौं । देशका अधिकांश स्थानमा आजबाट ३ दिन मौसममा गडबडि देखिने मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म हावाहुरी र चट्याङसहित आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने र केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना रहेकाे बताएकी छन् । शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागे पनि अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ । उहाँका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुने उहाँले बताउनुभयो । यस्तै केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्नेछ ।


प्रतिक्रिया दिनुहोस