आज :

ताजा समाचार

विदेशीलाई सेटिङमा भिसा दिदैं विमानस्थलका कर्मचारी

  पुरुषोत्तम ढकाल    २७ बैशाख २०७६, शुक्रबार ०८:४२      631 Views

बैशाख २७, काठमाडौं । गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा ९भिसा० लिएको खुलेको छ। नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन। नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन। तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए रु नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन्। अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ। घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ। वैशाख ११ गते शुक्रबार शंकास्पद ढंगले भिसा लिएका उनी त्यसको दुई दिन पछि फर्कने क्रममा त्रिवि अध्यागमनको प्रस्थान कक्षमा पक्राउ गरे। गुपचुप रहेको घटना उनी फक्राउ परेपछि बाहिर आएको हो। स्रोतका अनुसार प्रहरीले स्कर्टिङ गरी शंकास्पद विदेशी नागरिकलाई अध्यागमनको आगमन कक्षसम्म पुर्‍याइदिएका थिए। एसियाली मुलुकमा समेत आतंकवादी गतिविधिले सुरक्षा चुनौती बढाइरहेका बेला अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थामा हेलचेक्राइ गर्न नहुने सुरक्षा विश्लेषक बताउँछन्।

– अन्नपूर्ण पोष्ट दैनिकबाट


प्रतिक्रिया दिनुहोस