बैशाख २२ काठमाडौँ – पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व, मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । भारतमा आएको फानी आँधीको प्रभाव कम भएपछि मौसममा सुधार आएको हो । तराई क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
पूर्वी पहाडका थोरै तथा मध्य र पश्चिम पहाडका एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । दिनभरजसो मौसम सफा रहने जनाइएको हो ।