आज :

ताजा समाचार

मौसम : आज पनि हावाहुरीसहित पानी पर्ने, सचेत रहन मौसमविदको आग्रह

  पुरुषोत्तम ढकाल    १९ बैशाख २०७६, बिहीबार ०७:३८      364 Views

बैशाख १९ काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम र पूर्व तथा मध्य पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै बाँकी क्षेत्रको मौसम भने आंशिक बदली हुने जनाइएको छ ।

पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । मध्य पहाडी क्षेत्रका एक–दुई ठाउँमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अपराहन्न वा साँझ तिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । काठमाडौँ उपत्यकामा बुधबार साँझ हावाहुरी चलेको थियो । धुलोका कारण समस्या भएका थियो ।

बिहीबार पनि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस