यूएई – सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीको निधन भएको छ ।
शियाबीको ४६ वर्षको उमेरमा गएको आइतबार हृदयघातका कारण ज्यान गएको ओमान अबसर्भरले जनाएको छ । शियाबीले सन् २०१० को मे २३ मा सगरमाथा चढ्नु भएको हो ।
शियाबीको मृत्युका कारण ओमान र नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताउनुभयो ।
राजदूत ढकालले मंगलबार शियाबीको परिवारलाई उहाँकै निवासमा भेटेर समवेदना प्रकट गर्नुका साथै पार्थिव शरीरमा श्रदाञ्जली व्यक्त गर्नुभएको थियो ।(ujjalo news)