बैशाख १९ काठमाडौँ – स्पेनिस महारथी बार्सिलोनाले इंग्लिस क्लव लिभरपुलमाथि शानदार जित निकालेको छ।
घरेलु मैदान क्याम्प नाउमा बुधबार राति भएको खेलमा स्पेनिस जाईन्ट बार्सिलोनाले सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो ।
बार्साको जितमा मेस्सी नायक बने । उनले उत्कृष्ट लयमा रहेको इंग्लिस क्लव लिभरपुलमाथि २ गोल गरे । खेलको पहिलो हाफको २६ औँ मिनेटमा वार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरेका थिए ।
अत्यन्तै रोमाञ्चक खेलको दोस्रो हाफको ७५ औँ मिनेमा मेस्सीले पहिलो गोल गरेका थिए । खेलको ८२ औँ मिनेटमा प्राप्त फ्रि किकमा उत्कृष्ठ गोल गर्दै मेस्सीले क्याटलानलाई तीन शून्यको जित दिलाए । मेस्सीले बार्सिलोनाबाट सबैखाले खेलमा गरेको गोल संख्या ६०० पुगेको छ ।
अब दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ जहा उसले वार्सामाथि जित निकाल्न ४ गोल गर्नुपर्ने छ ।