आज :

ताजा समाचार

आज अन्तराष्ट्रिय मजदुर दिवस: वास्तविक मजदुरको सम्मानमा १ लाइक १ शेयर गरौं

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०७६, बुधबार ०८:५३      828 Views

आज देशभर विभिन्न कार्यक्रम गरी मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । सन् १८८६ मे १ को दिन ८ घन्टा काम, ८ घन्टा विश्राम र ८ घन्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरका मजदुरहरूले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ देखि मे दिवस मनाउन थालिएको हो ।

मे दिवस श्रमिकहरूको महान् चाडको दिन पनि हो । मे दिवसलाई प्रजातान्त्रिक मुलुकमा खुला र उल्लासमय दिनका रूपमा मनाइने गरिएको छ । मे दिवसका दिन श्रमिकहरूले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदानप्रदान गर्ने, श्रमिकहरूको संगठित प्रयत्नबाट नयाँ कार्यको थालनी गर्न प्रतिबद्धता व्यक्त गरिन्छ । मे दिवसलाई श्रमिक वर्गको एकता, वीरता र संघर्षको प्रतीकका रूपमा मनाइन्छ ।


प्रतिक्रिया दिनुहोस