नपालमा केहि महिना भौतारिएपछि अब नेपालमा केहि पनि भएन र हुदैन भनेर धेरे जस्तो युवाहरु खाडी तिर जाने सोच बनाउछन, हातमा सिप नभएका उनीहरु त्येस्ता दुख कस्ट सहन बाध्य हुन्छन्|
तर केहि युवाहरु नेपालमै केहि गरौ भनेर आफ्नो श्रम स्वदेशमा बेच्न्न चाहान्छन| त्येस्ता थोरै युवाको प्रतिनिधित्व गर्दछन बनेपाका रुपेश काफ्ले | पिता हरि प्रसाद काफ्ले र माता कमला काफ्लेको कोखबाट २०५२ पौस १० गते जन्मनु भएका रुपेश काफ्ले हाल ब्यापारिक नगरि बनेपा बि यम के ड्राइभिङ स्कुल संचालन गरिरहेका छन्| उमेरले २३ बर्ष मात्रै टेकेका उनले यातायात ब्यवस्था विभागले लिने ट्राइल परिक्षा अनुरुप नै ड्राइभिङ का कक्षा संचालन गरेका छन्| सिप सिकेर नेपालमै रोजगार पाउन सकिन्छ भनेर धेरैलाई सिप सिकाउने कार्यमा काफ्ले व्यस्त छन्| उनै बि यम के ड्राइभिङ स्कुल का संचालक रुपेश काफ्ले संग गरिएको कुराकानी को अन्स:;
# हाल के मा ब्यस्त हुनुहुन्छ? सदाझै कार्यक्षत्रैमा समय बेस्तित हुन्छ| सिप सिकौ स्वोरोज्गार बनौ भन्ने मूल नारालाई यथार्थ मा बदल्ने योजना अनुसारकै काम को साथै विभिन्न संघ संस्था हरुको कार्यक्रम हरुमा दिन बित्ने गरेको छ|
# कसरि सरु भयो बि यम के ? मेरो सानै देखिको सोच आफ्नै देशमा बसेर देशका लागि केहि गरौ भन्ने थियो| धेरै मानिसहरु रोजगारीको लागि भौतारिरहेको देखिन्थ्यो|रोजगार बिहिन मानिसहरुलाई आत्मनिर्भर बनाउने सोचसहित नेपाल सरकार को मापदण्ड अनुरुप यो ड्राइभिङ स्कुल सुरु भएको हो|
#यो व्यवसायमा लागेको कति समय भयो नि? समय र परिस्थितिको अनुकुलता अनुरुप २०७४साल बैसाख महिना बाट यस स्कुल शुरु भयो| र त्यति बेला देखि नै यही व्यवसायमा कटिबध भएर लागि परेको छु|
#आफ्नो व्यवसाय देखि सन्तुस्ट हुनुहुन्छ त? हाम्रा प्रशिक्षार्थीहरुलाई हामीले हाम्रो सेवामा सन्तुस्ट बनाउन सफल भएका छौ|उहाहरुको सन्तुस्टि नै हाम्रो सन्तुसटि हो |
# यस क्षेत्र मा कसरि प्रवेश भयो? पारिवारिक पृष्ट भुमि पनि मिल्न गयो यो क्षेत्रसंग मेरो बुबा पनि ड्राइभिङ क्षेत्रमै काम गर्नु हुन्थ्यो| आफ्नो देशमा पढाइ पुरा गरेर खाडी तिर लागेको धेरै मान्छेको उदाहरण मेरो आफ्नो आखा अगाडी थियो| सोचे पढेर मात्र पनि केहि हुने वाला छैन|त्येसैले पदाइ पुरा हुन नपाउदै काम तिर लागेपछि आफुले जानेको सिप बाट जसलाई पनि सक्षम बनाउन सकिन्छ नि भन्ने सोच आयो र यो क्षेत्र अंगाल्न पुगे|
#आम मानिसले ड्राइभिङ सिक्दा के फाइदा पाउछन? हाम्रो देशमा लाखौ युवाहरु रोजगार बिहिन भयर बिदेसिना बाध्य भयका छन्| आफ्नै देशमा केहि गर्छु भन्ने हरुका लागि यो राम्रो क्षेत्र हुन सक्छ| ड्राइभिङमा आम्दानि पनि राम्रो छ, शिप सिकेर बेफाइदा त केहि पनि हुनै सक्दैन शिप आफुमा छ भने आत्मबिश्वाश आफै बढ्छ,मा पनि केहि गर्न सक्छु भन्ने सोचको आफै बिकास हुन्छ|
# तपाइको स्कुल अलि महँगो छ भन्ने सुनिन्छ नि? बास्तबमा अहिलेको अवास्ठा भनेको प्रतिस्परधात्मकछ|महँगो सस्तो भन्दा पनि प्रशिक्षार्थिहरुको चाहाना अनुसार गुणस्तरीय सेवामा पनि भर पर्दछ| सुनाइ र बुझाइमा मात्र हाम्रो स्कुल महँगो छ भन्ने भ्रम मात्र हो| हामीले ड्ड्राइभिङ सिकी सके पश्चात ट्राइल सिक्न को लागि मात्र कतै जानु नपरोस भन्ने हेतुले यातायात व्यवस्था विभागको मापदण्ड र निर्देशिका अनुरुप पहिलो चरण देखि अन्तिम ट्राइल चरण सम्म ड्राइभिङ प्रशिक्षण गराउछौ |
# तपाइको स्कुलमा विद्यार्थीको चाप छ रे नि? औसतमा भन्नु पर्दा दैनिक रुपमा 80 देखि ९० जना प्रशिक्ष्यार्थिहरु रहेका छन्| दैनिक ६ जना अनुभबी प्रशिक्षक बाट ड्राइभिङ कोर्स साथै लिखित तयारि कक्षा,ट्राइल कक्षा , मेकानिकल कक्षाहरु संचालन गर्दै आइरहेका छौ|
# अन्त्यमा केहि? देश बिकास गर्न हामीले आफ्नै ठाउबाट शुरुवात गर्ने हो| युवाहरु बिदेसिने बाध्येतालाई अन्त्य गर्दै शिप्मुलक तालिम लिइ आफ्नै देशमा मानो रोपी मुरी फलाउने सोच राखी ब्यबसाय शुरु गर्नु पर्दछ|ड्राइभिङ सिकी स्वोरोज्गार बन्ने सोच बनाउनेहरुलाई हाम्रो स्कुल स्वागत गर्दछ| अन्त्यमा मेरो भनाइ हरु राख्न मौका दिनु भयको मा खुल्ला पोस्ट परिवारलाइ हृदय देखि नै धन्यबाद दिन चाहान्छु|