आज :

ताजा समाचार

आइपिएल : प्लेइङ एघारमा सन्दीप

  खुल्ला पोस्ट    १५ बैशाख २०७६, आईतवार १८:२२      773 Views

(आइपिएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल भइरहेको छ ।

फिरोज शाह कोट्ला मैदानमा दिल्लीले टस जितेर ब्याटिङ गरिरहेको छ।

सन्दीप दिल्लीको प्लेइङ एघारमा परेका छन् । सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

तेस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ

यदि आजको खेलमा दिल्लीले पुछारको टोली रोयल च्यालेन्जर्स बैंलोरलाई हराएको खण्डमा सात वर्षपछि पहिलो पटक प्लेअफ पुग्नेछ।

दिल्लीले पाँच दिनको आरामपछि घरेलु मैदानमा खेल्न लागेको हो।

१२औं संस्करणमा उपाधिको मुख्य दाबेदार दिल्ली यसपटक नयाँ नाम र नयाँ जर्सीसहित मैदानमा उत्रिएको हो। सोचे अनुसारकै प्रदर्शन जारी राखेको दिल्लीले आजको खेल जित्दै पुनः शीर्ष स्थानमा रहेर प्लेअफ पुग्ने दोस्रो टोली बन्न चाहन्छ। यसअघि शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स १६ अंकसहित प्लेअफ पुग्ने पहिलो टोली भएको छ।

यसअघि दिल्ली सन् २०१२ मा पछिल्लो पटक प्लेअफ पुग्ने मौका पाएको थियो। त्यसैले घरेलु मैदानको जितले दिल्लीलाई सात वर्षपछि प्लेअफको यात्रा गराउनेछ।

यता बैंगलोर पनि घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ। साथै प्लेअफमा पुग्ने आफ्नो अंक गणितीय सम्भावना कायम राख्न चाहन्छ। लिगको पुछारमा रहेको बेंग्लोरले ११ खेलमध्ये ७ खेलमा हार ब्यहोरको छ भने चार खेलमा मात्रै जित हात पारेर ८ अंक जोडेको छ। ( सेतो पाटि )


प्रतिक्रिया दिनुहोस