आज :

ताजा समाचार

पार्टी हितविपरीत अभिव्यक्ति दिनेलाई कांग्रेसले कारबाही गर्ने

  खुल्ला पोस्ट    १५ बैशाख २०७६, आईतवार १८:१६      629 Views

नेपालि कांग्रेसले पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेता/कार्यकर्तालाई कारबाही गर्ने भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी हितविपरीत अभिव्यक्ति दिने नेता/कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको हो।

कांग्रेसले वैशाख २४ देखी देशव्यापी रूपमा राष्ट्रिय जनजागरण अभियान सुरू गर्दैछ। पहिलो चरणमा जेठ ११ सम्म अभियान चल्ने कांग्रेसले जनाएको छ।

राष्ट्रिय जनजागरण अभियानका लागि कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्लामा परिचालन गरिसकेको छ।

अभियानका क्रममा पार्टी हितविपरीत हुने अभिव्यक्ति दिने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएको अनुशासन समितिले अनुगमनका लागि ७७ जिल्लामै नेपाल कानुन व्यवसायी संघलाई आग्रह गरेको छ।

कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार पार्टी हितविपरीत अभिव्यक्ति दिए/नदिएको अनुगमन कानुन व्यवसायीले गर्ने र केन्द्रीय अनुशासन समितिमा जानकारी गराउँछन्।

पार्टी र कार्यक्रमलाई मर्यादित, अनुशासित र व्यवस्थित गर्ने भन्दै कांग्रेसले पार्टी हितविपरीत अभिव्यक्ति नदिन आग्रह गरेको हो। (सेतो पाटि )


प्रतिक्रिया दिनुहोस