बैशाख १५, २०७६ इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले इंग्सिल क्रिकेट एलेक्स हेल्सलाई लागुऔषध सेवन गरेको भन्दै दोषी ठहर गरेको छ। उसले हेल्सलाई २१ दिनको प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गत साता उनी इंग्ल्याण्डको १५ सदस्यीय विश्वकप टिममा छनोट भएका थिए। गार्जियनका अनुसार दोस्रो पटक ड्रग टेस्टमा असफल भएपछि ईसीबीले उनलार्ई तीन हप्ताको प्रतिबन्ध लगाएको थियो। विश्वकपको तयारीमा जुटेको इंग्लिस टिमलाई उनको प्रतिबन्धले झट्का लागेको छ। प्रतिबन्धपछि हेल्सले २१ दिन क्रिकेट खेल्न पाउने छैनन्। चाँडै नै इंग्ल्याण्डले विश्वकपका लागि क्लोज क्याम्प सुरु गर्दे छ। ईसीबीले यो विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक नरहेको जनाएको छ। प्रवक्ताले बोर्डको गोपनीयता कायम राख्नुपर्ने भन्दै यो विषयमा कुनै पनि टिप्पणी आवश्यक नभएको बताए। यो विषयमा इंग्ल्याण्ड क्रिकेट टिमका पुर्व कप्तान माइकल भान भने आक्रोशित बनेका छन्। भानले ट्वीट गर्दे हेल्सलाई टीममा राख्न आवश्यक नरहेको बताएका छन्। ‘यसमा कुनै सहानुभुतीको जरुरी छैन। दोस्रो पटक एउटै गल्ती गर्छन भने टिममा राखिरहनु आवश्यक छैन। उनलाई तत्काल टिमबाट हटाउनु पर्छ’, उनले भनेका छन्। ईसीबीले आफ्नो दायरामा रहने सबै प्रोफेसनल प’रुष र केन्द्रीय अनुबन्धनमा सामेल महिला क्रिकेटरहरुलाई सिजनको स’रुआत र अन्तमा ‘हेयर फोलिकल टेस्ट’ गर्ने गरेको छ। ‘हेयर फोलिकल टेस्ट’को अर्थ प्रतिबन्धlत पदार्थको सवेन गरेको या नगरेको पत्ता लगाउनु हो। यो टेस्टबाट तीन महिनाअघि औषधि सेवन गरेको पत्ता लाग्छ।