पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको बालुवाटारमा रहेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्।
ललिता निवासको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याएको देखिएपछि विवादमा तानिएका पौडेलको बचाउ गर्दै मन्त्री अर्यालले मोहीबाट जग्गा किनेको देखिएकोले पौडेलको जग्गा वैधानिक भएको बताइन्।
‘विष्णु पौडेलले किनेको जग्गा मोही कायम भएको जग्गा हो। नेपाल सरकारले नै मोही कायम गरेर हक दिएकोले त्यो वैधानिक छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मोही किटान भएर मोही कायम भएको जग्गा उहाँ (विष्णु पौडेल)को छोराको नाममा हस्तान्तरण भएको छ।’
नेता, ठूला मान्छेसँग जोडिएर जग्गाबारे विवाद भएपछि मन्त्रालयले अध्ययन गरे पनि मोहीबाट हस्तान्तरण भएको जग्गा देखिएकोले पौडेलको जग्गा वैधानिक भएको उनको भनाइ छ।
‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ,’ उनले भनिन्, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन।’
सरकारी जग्गा व्यक्तिको नाममा गएको भए सरकारले नछाड्ने पनि उनले बताइन्।
‘ठूला मान्छे भए पनि कानुनले छोड्दैन। सरकारले छोड्दैन,’ उनले भनिन्, ‘सरकारले वेतिथि अन्त्य गर्न नै यस्ता कदम चालेको हो। छानबिन र अध्ययन भइराखेको छ।’
मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि बालुवाटार क्षेत्रका जग्गा रोक्का गरिएको उनले बताइन्।
‘विष्णुको हकमा जे प्रचार भइरहेको छ, तथ्य प्रमाणले त्यस्तो देखिँदैन। अतिरञ्जित भएको मैले ठानेको छु,’ उनले भनिन्।
सेतो पाटि