आज :

ताजा समाचार

खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काइयो

  खुल्ला पोस्ट    १४ बैशाख २०७६, शनिबार १५:४६      592 Views

महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काउन सुरू गरेको छ।

शनिबार महानगरपालिकाले डोजर परिचालन गर्दै ती सटरहरू भत्काउन सुरू गरेको हो।

खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएका थिए।

हिजोमात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गराउने प्रतिबद्धता दिएका थिए।

खुलामञ्च अतिक्रमणबारे ध्यानाकर्षण गर्न महानगर पुगेका काठमाडौं- ७ का सांसद भिमसेनदास प्रधानसहितको टोलीले मेयर शाक्यसँग भेट्न पुगेका थिए।

खुलामञ्चमा अनुमतिबिना ५० भन्दा बढी सटर बनेका थिए। (सेतो पाटि)


प्रतिक्रिया दिनुहोस