आज :

ताजा समाचार

थाहा छ तपाई लाइ ? यस्ता सोचका केटीले तपाईलाई सधै माया गर्छन् !

  पुरुषोत्तम ढकाल    १३ बैशाख २०७६, शुक्रबार ०८:३९      1052 Views

हामी सबै सम्बन्धलाई दिर्घायु बनाउन चाहान्छौ । तर कहिले काही सम्बन्धलाई बचाउन चाहदा चाहदै सम्बन्ध बिग्रीएका उदाहरण पनि हामीले देखेका छौ । यदि तपाँई आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहानुहुन्छ भने आफूलाई बुझ्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ । देखेको भरमा हामी कसैको पनि बानी व्यवहार थाहा पाउन सक्दैनौ । तपाईले आफूलाई बुझ्ने र माया गर्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ । त्यसैले थाहा पाउनुहोस् कस्ती केटीले तपाँईलाई सधै माया गर्छिन् त ।

जो केटी तपाईलाई बिशेष मान्छीन् र तपाँईलाई पनि उनको साथ हुँदा स्पेशल महशुस हुन्छ । यस्ती केटिसँग तपाँईको जीवन सुखले बित्नेछ ।उनले तपाँईको सानो सानो कुरामा ध्यान दिन्छीन् भने उनी तपाईको जीवन साथी बन्नको लागी योग्य छिन् भन्ने सोच्नुहोस् ।

यदि उनी तपाँईको रुची र ईच्छाको बारेमा बताउँछीन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरु पनि सेयर गर्छिन् भने उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन् । यस्ता केटीहरु सँग सम्बन्ध अघि बढाउँदा समस्या हुदैन ।यदि उनी आफ्नो बाल्यकालको कुराहरु तपाईसँग सेयर गर्छीन् वा आफ्नो सपनाको बारेमा कुरा गर्छिन् अनि उनलाई मन पर्ने संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस बिषयमा कुरा गर्छीन् भने पनि उनी तपाईलाई चाहान्छीन् । यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाँईलाई जिवनभर कदर गर्नेछिन् ।

यदि उनी तपाँई बिना उनलाई एक्लोेपन महशुस गरेको कुरा तपाईलाई भन्छीन् भनेपनि उनी तपाईलाई मनैदेखि चाहान्छीन् । उनका यस्ता कुराहरुबाट के बुझ्नुहोस् भने उ नै तपाईको लागी सहि जीवन साथी हुन सक्छीन् ।आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछीन् । तपाँईको घर र कोठा कसरी सजाउने भन्ने सोच्छीन् , तपाँईको जिवनशैली यस्तो होस् भन्ने चाहाना राख्छीन् भने तपाँईको सहि रोजाई हुनेछ यस्तो सोचकी केटि ।

तपाँईसँग आफ्नो सुख दुख बाढ्ने, यदि तपाँई अरु केटिसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाँईले बुझ्नुपर्यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने । किनकी यस्ता केटीहरु न आफूले अरुलाई नजर लाउँछन् न तपाईले कसैलाई नजर लाएको मन पराउँछन्।

श्रोत: फोर्सी नेटवर्क बाट


प्रतिक्रिया दिनुहोस