आज :

ताजा समाचार

आजको मौसमबारे यस्तो भन्छन् मौसमविद्

  पुरुषोत्तम ढकाल    १३ बैशाख २०७६, शुक्रबार ०८:१४      344 Views

बैशाख १३ काठमाडौँ – देशका विभिन्न स्थानमा शुक्रबार पनि बदली कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पूर्वी क्षेत्रका भूभागहरुमा तथा मध्य र पश्चिमका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

बाँकी भूभागमा भने सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस