आज :

ताजा समाचार

गरीव परिवारमा जन्मिएका अब्राहम लिंकन, राष्ट्रपति हुन्जेल सम्म के कस्ता संघर्ष गरे, प्रेरणादायी जीवनी

  पुरुषोत्तम ढकाल    १३ बैशाख २०७६, शुक्रबार ०७:३३      3625 Views

अब्राहम लिंकन अमेरिकाका सोह्रौं राष्ट्रपतिको नाम हो । अमेरिकामा धेरै जना राष्ट्रपति भइसकेका छन् । तर उनी जस्ता प्रसिद्ध र विश्वभरि नै धेरै जनाले मन पराएका अमेरिकी राष्ट्रपति चाहिँ कमै छन् । वास्तवमा, अब्राहम लिङ्कनले अमेरिकालाई दासताबाट मुक्ति दिलाएका कारण विश्वभरिका मानिसहरु अझै पनि उनलाई अत्यन्तै आदर, सम्मान र श्रद्धाका साथ सम्झने गर्छन् । त्यसमाथि थप, उनको सरल स्वभाव र अरुले सिक्नै पर्ने जीवनशैलीका कारण पनि मानिसहरु उनलाई निक्कै मन पराउने गर्छन् ।

दुःखले भरिएको बाल्यकाल

अब्राहम लिङ्कनको जन्म सन् १८०९, फेब्रवरी १२ का दिन अमेरिकाको केन्टकी राज्यको हजनभिल्लेमा भएको थियो । उनका बुबा थोमस लिङ्कन र आमा नान्सी ह्याड्ढस् लिङ्कन थिइन् । लिङ्कनका आमाबुबा र दिदी साराले उनलाई माया गरेर ‘अबे’ भनेर बोलाउँथिन् ।

लिंकनका पिता एउटा गरिब किसान थिए । त्यसैले लिङ्कनको बाल्यकाल निकै कष्टकर र दुःखदायी रहेको थियो । उनीहरु बस्ने ठाउँ काठले बनेको एउटा सानो झुप्रो मात्र थियो । उनको बाल्यकालको धेरै अवधि त्यहीँ झुप्रोमा नै बितेको थियो ।

सानो जमिनले राम्ररी खान नपुगेपछि लिङ्कन परिवार राम्रो खेती गर्न योग्य जमिनको खोजीमा निस्के ।
उनका पिता थोमस किसान थिए । उनी दिनभरि आफ्नो सानो टुक्रा जमिनमा कडा परिश्रम गर्थे । तर कडा परिश्रम गरेपनि घरमा हातमुख जोड्न र आङ् छोप्ने कपडा लगाउन निकै गाह्रो हुन्थ्यो । यसरी सानो जमिनले राम्ररी खान नपुगेपछि लिङ्कन परिवार राम्रो खेती गर्न योग्य जमिनको खोजीमा निस्के । जमिनको खोजीमा भौतारिँदै उनीहरु नोब क्रिक भन्ने ठाउँमा पुगे । त्यहीँ रहेको जंगलमा उनीहरुले जग्गा खाली गरेर बस्न थाले । खानाका लागि भने कहिलेकाहीँ उनीहरु जनवारहरु मारेर त कहिले केही अन्न उब्जाउन थाले ।

लुगा किन्ने पैसा नभएको कारणले अब्राहम लिंकनले जनवारको छालाको लुगा बनाएर लगाएँथे । उनी आफ्ना पितालाई जमिनको काम गर्न मद्दत पनि गर्थे । उनका बाबुआमा दुबै अनपढ भएको कारणले उनीहरु आफ्ना छोराछोरीले पढ्नुको साटो उनीहरुलाई काम गर्न मद्दत गरोस् भन्ने चाहन्थे । त्यसैले उनले दिनभरि काम गर्नु पथ्र्यो । काम नभएको बेला मात्र उनी र उनका दिदी साराले कहिलेकाहीँ स्कुल जान पाउँथे । उनीहरु स्कुल पुग्न ३ किलोमिटरसम्म हिँड्नुपथ्र्यो । उनीहरु पढ्ने स्कुलमा किताब पनि थिएन । उनीहरु बस्ने बेन्च पनि रुखलाई गोलो काटेर बनाइएको थियो । किताब नभएको कारणले त्यस स्कुलका विद्यार्थीहरु मुखले कराएर मात्र पढ्ने गर्थे । नोब क्रिकमा नै सबैभन्दा पहिले उनले मानिसहरुलाई दास बनाएर डोरीले बाँधेको देखेका थिए । उनलाई त्यसो देखेपछि निकै नरमाइलो लाग्थ्यो ।

खेतीयोग्य जमिनको खोजी सन् १८१६, डिसेम्बरमा उनीहरु फेरि इन्डियाना राज्यमा बसाइँ सरे । त्यहाँ उनीहरुले पिगन क्रिक नामक ठाउँको जंगलमा आफ्नो घर बनाए । त्यहीँ उनीहरुले सरकारबाट ६५ हेक्टर जमिन पनि किस्ताबन्दीमा ८० डलरमा किन्न सफल भए । तर सन् १८१८ मा इन्डियाना राज्यमा मिल्क सिक नामक एउटा महामारी फैलियो । त्यही माहामारीको कारण ९ वर्षको कलिलो उमेरमा उनले आफ्नी आमालाई गुमाउनु प¥यो । आमा बिना आफ्नो घर र बालबच्चाको बिजोग भएको देखेर उनका पिता थोमसले सन् १८१९ मा सारा बुश जोन्सलाई विवाह गरे । उनका आफ्ना तीन बच्चाहरु पहिले नै थिए । सौतेनी भए पनि सारा निकै दयालु थिइन् । उनीहरुले आफ्नो आमाबाट पाउने मायाभन्दा धेरै माया साराबाट पाए । सारा आफू अनपढ भए पनि शिक्षाको महत्त्व भने बुझेकी थिइन् । त्यसैले खेतीमा आफूले धेरै काम गरेर भए पनि आफ्ना सबै छोराछोरीहरुलाई कहिलेकाहीँ स्कुल पठाउँथिन् ।

काम नगरी हातमुख पनि जोड्न गाह्रो हुने अवस्था भएको कारणले गर्दा लिङ्कनले धेरै समय काम गरेर नै बिताउनु पर्‍यो । उनले एउटै स्कुलमा कहिल्यै पनि राम्ररी पढ्न पाएनन् । महिनैपिच्छै उनले स्कुल परिवर्तन गर्नुपर्थ्यो। तर आफ्नी कान्छी आमाको प्रोहोत्सानमा उनले घरमा स्वअध्ययन गरे ।
तर काम नगरी हातमुख पनि जोड्न गाह्रो हुने अवस्था भएको कारणले गर्दा लिङ्कनले धेरै समय काम गरेर नै बिताउनु पर्‍यो । उनले एउटै स्कुलमा कहिल्यै पनि राम्ररी पढ्न पाएनन् । महिनैपिच्छै उनले स्कुल परिवर्तन गर्नुपर्थ्यो। तर आफ्नी कान्छी आमाको प्रोहोत्सानमा उनले घरमा स्वअध्ययन गरे । स्कुल नै नगई उनले लेख्न र पढ्न पनि सिके । खेतमा काम गर्दैगर्दा केहीबेर फुर्सद भयो भने पनि उनी हातमा किताब लिएर पढ्न बसी हाल्थे । किताब लिनका लागि उनी जे पनि गर्न तयार हुन्थे । उनी टाढाटाढासम्म हिँडेर किताबहरु लिएर आउँथे । उनको पढ्ने व्यवहार र एउटा राम्रो कथावाचक भएको कारणले उनी गाउँभरिको प्रिय पात्र थिए । आफ्नो छोराको पढ्ने व्यवहारले कहिलेकाहीँ थोमस निकै दिक्क मान्थे । उनी आफ्नो छोराले पढ्नुको सट्टा हरबखत आफूलाई काम गर्न सघाओस् भन्ने चाहन्थे । त्यसैले उनका पिताले उनलाई अरु मानिसहरुको खेतमा पनि काम गर्न पठाउँथे ।

युवा अवस्था

उनको वादविवाद गर्ने क्षमता देखेर सबैजना आश्चर्यचकित भए । यसैबेला उनले गणित र व्याकरण सिक्ने अवसर पनि पाए । तर उनले सुरु गरेको कममा भने उनी असफल भए ।

युवा अवस्थामा पुगेपछि लिंकनले डुंगा चलाउने र न्यू ओरलियन्ससम्म कार्गो ओसार्ने काम गर्न थाले । तर आफ्नो स्वअध्ययन भने उनले कहिले पनि छाडेनन् । यसै बेला उनी होटल व्यवसायी जेम्स रट्लेजकी छोरी एनीसँग प्रेम सम्बन्ध भएको कारणले गर्दा शिक्षितहरुको वादविवाद समाजमा सहभागी हुन पाए । उनको वादविवाद गर्ने क्षमता देखेर सबैजना आश्चर्यचकित भए । यसैबेला उनले गणित र व्याकरण सिक्ने अवसर पनि पाए । तर उनले सुरु गरेको कममा भने उनी असफल भए । त्यसपछि त्यो काम छाडेर उनले स्टोरकिपरको काम गर्न थाले । तर सन् १९३२ को अप्रिलमा अमेरिकाका रेड इन्डियन आदिवासीहरुले गोरा शासकहरुले गरेको दमन विरुद्ध गरेको विद्रोह, ब्ल्याक हक क्लार (Black Hawk Klar) मा भाग लिन परेकोले उनले स्टोरकिपरको काम छाड्न पर्‍यो ।

राजनीतिमा प्रवेश

युद्धबाट फर्केपछि उनले रजनीतिमा प्रवेश गर्ने निर्णय गरे । त्यसअनुरुप उनले इलिनियोस राज्यसभाको चुनावमा सदस्य पदमा उठ्ने निर्णय गरे । तर राजनीतिमा नयाँ भएकोले उनले उक्त चुनावमा नराम्रो पराजय भोग्नुपर्‍यो । यसपछि मानौँ उनको जीवनमा असफलताको बाढी नै आयो । चुनावमा हारेपछि उनले फेरि आफ्नो पुरानै स्टोरकिपरको काम गर्न थाले । यसमा उनले विलियम एफ बेरीसँग मिलेर पसल खोले तर त्यसमा पनि ठूलो घाटा खानपुगे । यसको ऋण तिर्नमा उनलाई १५ वर्ष लाग्यो । त्यसपछि उनले जग्गा नाप्ने नापीदेखि लिएर हुलाकी र गणना गर्ने काम गरे । तर सबैमा असफलताको स्वाद चाख्नु

सबैमा असफलताको स्वाद चाख्नु पर्‍यो । उनले राजनीति र पेसा दुवै क्षेत्रमा धेरै असफलता भोग्नु परे पनि उनको आत्मविश्वास कहिल्यै पनि डग्मगाएन । यही आत्मविश्वासका साथ सक्रियताको राजनीतिमा लागि रहे ।
पर्‍यो । उनले राजनीति र पेसा दुवै क्षेत्रमा धेरै असफलता भोग्नु परे पनि उनको आत्मविश्वास कहिल्यै पनि डग्मगाएन । यही आत्मविश्वासका साथ सक्रियताको राजनीतिमा लागि रहे । अन्ततः सन् १८३४ मा इलिनियोस्को प्रतिनिधिसभाको चुनावमा सांसदको रुपमा निर्वाचित हुन पुगे । तर आफ्नो दुब्लो–पातलो अनि अग्लो शारीरिक बनावटका कारण त्यतिबेला उनी निकै चर्चित बन्न पुगे । तर उनी आफूलाई सांसदमा मात्र सीमित राख्न चाहँदैन थिए । उनले सन् १८३६, सन् १८३८ र सन् १८४० मा ह्वीग पार्टीको तर्फबाट चुनाव जित्दै गए । संसदमा पुगेपछि उनले कानुनको पनि स्वअध्ययन गरे । अन्ततः २८ वर्षको उमेरमा वकालत गर्ने अनुमति पनि पाए ।

लिंकनले सन् १८४२ नोभेम्बर ४ का दिन मेरी एन टोडसँग विवाह गरे । उनका चार जना छोराहरु भए तर तीमध्ये एकजना मात्र धेरै समयसम्म बाँच्न सफल भए । सन् १८५८ मा लिंकनले स्टेफन ए डग्लससँग सिनेटर पदका लागि प्रतिस्पर्धा गरे । तर त्यसमा उनी पराजित भए । पछि राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीबाट फेरि स्टेफन डग्लसले उम्मेद्वारी दिए । उनको विपक्षमा रिपब्लिकन पार्टीबाट लिंकनलाई राष्ट्रपति पदको लागि उम्मेद्वार बनाइयो । यसै बीच प्रखर वक्ता डगलसलाई लिङ्कनले विभिन्न वादविवाद कार्यक्रममा कुशल वक्तृत्व कलाद्वारा पछारे । अन्त्यमा सन् १८६०, नोभेम्बर ६ का दिन राष्ट्रपति पदमा पनि लिङ्कन नै विजयी भए ।

राष्ट्रपति भएपछि उनले दास प्रथाको अन्त्य गर्न लागि परे । जसले गर्दा सन् १८६१, अप्रिल १२ का दिन अमेरिकामा गृहयुद्ध सुरु भयो । यसै बीच सन् १८६३, जनवरी १ का दिन उनले दासमोचन गर्ने घोषण पत्र “इमान्सिपेसन् प्रोक्लामेसन” जारी गर्दैै सबै दासहरुलाई मुक्त भएको घोषण गरे । उनले अमेरिकाको संविधानलाई संसोधन गर्ने प्रस्ताव राखे । यो सन् १८६५ को जनवारीमा पारित भयो ।

नाटक हेर्दा हेर्दै हत्या

लिङ्कन एकदमै चलाख राजनीतिज्ञ थिए । उनले विभिन्न संगठनहरुलाई मिलाएर एउटा नयाँ ठूलो संगठन बनाए । उनको भाषण पनि निकै सहज तर वजनदार हुन्थ्यो । उनले आफ्नो भाषणको मद्दतले सारा राष्ट्रलाई समर्थन गर्न आग्रह गर्थे । जसले गर्दा सन् १८६४ मा उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भए ।

युद्ध अन्त्य भएको केही दिन पछि नै उनको हत्या गरियो । सन् १८६५, अप्रिल १४ का दिन नाटक हेरिरहेको बेला दासप्रथाको समर्थक तथा कलाकार जोन विल्क्स बुथले लिङ्कनलाई गोली हाने ।
सन् १८६५ मा अमेरिकामा जारी रहेको गृहयुद्ध पनि अन्त्य भयो । तर दुर्भाग्यवश युद्ध अन्त्य भएको केही दिन पछि नै उनको हत्या गरियो । सन् १८६५, अप्रिल १४ का दिन नाटक हेरिरहेको बेला दासप्रथाको समर्थक तथा कलाकार जोन विल्क्स बुथले लिङ्कनलाई गोली हाने । त्यसको भोलिपल्ट उनको उपचारको क्रममा मृत्यु भयो ।

यसरी संसारले एकजना कुशल राजनीतिज्ञ तथा संसारमा दासता जीवित राख्न चाहने पूँजीपतिहरुको विरुद्ध उत्रेर समाजको उत्थानका लागि संघर्ष गर्ने महान योद्धालाई सदाको लागि गुमाउन पुग्यो ।

–  रातोपाटी


प्रतिक्रिया दिनुहोस