आज :

ताजा समाचार

राष्ट्रपति चीन उड्दा दुई सय उडान प्रभावित

  पुरुषोत्तम ढकाल    १३ बैशाख २०७६, शुक्रबार ०७:०४      280 Views

बैशाख १३, २०७६ काठमाडौं : राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौले विषय होइन। सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भए भन्ने खबर नयाँ पत्रिका दैनिकामा छ।  राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो। यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्‍यो।


प्रतिक्रिया दिनुहोस