आज :

ताजा समाचार

विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग

  admin    ८ बैशाख २०७६, आईतवार १९:२९      1494 Views

तामाङ समुदायको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन विप्लव समूहले बन्द गर्ने निर्णयलाई फिर्ता लिन घेदुङले माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले गर्ने भनेको नेपाल बन्द तामाङ समुदायले मान्ने तेमाल जात्राको दिन परेको हुनाले नेपाल तामाङ घेदुङले प्रेस विज्ञप्ती निकालेर बन्द फिर्ता गर्न माग गरेका हुन् ।

तेमाल जात्रामा काभ्रेको तेमाल, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुलि, ललितपुर, भक्तपुर लगायतको ठाउँहरुबाट तामाङहरुको बाग्लो रुपमा सहभागी हुँने हुँदा मेला भर्न आएकाहरुलाई समस्य नपरोस भनि बन्द फिर्ता गर्न घेदुङले विज्ञप्ती मार्फत माग गरेको हो ।

तेमाल जात्रा चैत्र पुर्णिमाको अघिल्लो दिन बैशाख ५ गते बिहीबार बौद्ध र दोस्रो दिन बैशाख ६ गते पुर्णिमाको दिन स्वयम्भूमा मनाउँदै आएका छन् । उक्त जात्रामा मृत चित्ताको चीरशान्तिका लागि बौद्धमा लामाहरुद्धारा पूजापाठ गर्ने, म्हाने घुमाउँने, कोरा गर्ने, छ्युमे नाङसाल बाल्ने प्रचलन आदमि कालदेखि नै चल्दै आएको छ ।

घेदुङले बुधबार निकालेको प्रेस विज्ञप्तीमा तामाङ समुदायले मनाउँने धार्मिक एवं सांस्कृतिक पर्व तेमाल जात्राको दिन चैत्र पुर्णिमाको अघिल्लो दिन र पुर्णिको दिन २ दिन सार्वजनिक विदा घोषणा गर्न समेत माग गरेका छन् । साथै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान तामाङले तेमाल जात्राको विषयमा गरेको पत्रकार सम्मेलनमा विप्लव समूहको बन्द फिर्ता लिनु पर्ने माग गरेका थिए |


प्रतिक्रिया दिनुहोस